देशभक्तिले भरिएको ‘रिदम’


यसभन्दा अघि सांगीतिक लभस्टोरीका धारका सिनेमा निर्देशन गरेका निर्देशक बिकास आचार्यले यसपटक भने देशभक्तिले भरिएको सिनेमा निर्माण गरेका छन् । जिवन लुइटेल, स्वेता भट्टराई, विल्सन विक्रम राई लगायतका कलाकारले अभिनय गरेको चलचित्र ‘रिदम’ ले राष्ट्रियता बोलेको निर्माणपक्षको भनाई छ । आचार्यले भने, ‘देशका लागि लड्नेहरु २ पांग्रेमा परे, देशलाई लुट्नेहरु चार पांग्रेमा चढे ।’ प्रदिप दाहालको निर्माणमा तयार भएको यो सिनेमा फागुन २५ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउदैछ ।

चलचित्रमा बसन्त सापकोटाको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, शम्भु सापकोटाको छायांकन छ । बिकासले यसअघि ‘नाइ नभन्नु ल’ र ‘म तिम्रो भैसके’ निर्माण गरेका थिए ।