मोक्तानको ‘मायासे लसी


चन्द्रदेव मोक्तान फिल्मस् प्रालिको व्यानरमा निर्मित तामाङ कथानक चलचित्र मायासे लसी अर्थात मायाले गर्दा प्रदर्शनको अन्तिम तयारीमा पुगेको छ । अमिर दोङको निर्देशन प्रकाश लामाको कथा, कुमार मोक्तानको पटकथा संवाद, विशाल काल्तेन तामाङको संगीत, उन्छुङ चेम्जोङको द्वन्द्व र रवि कोइरालाको छायांकन रहेको सो चलचित्रमा कलाकारहरु कुमार मोक्तान, गौरव मोक्तान,विकास स्याङ्तान,सुरुम गुरुङ, विमला लामा र कुन्साङ रुम्बा रहेका छन् । चलचित्रको हाल सम्पादन कार्य अन्तिम चरणमा पुगेको र चाँडै नै प्रदर्शन गरिने निर्माता डिबी मोक्तानले जानकारी दिएका छन् ।