हिरोईनले आफ्नो कर्तब्य बिर्सिए





अधिकार माग्ने मात्र हैन, कर्तब्य पनि निभाउन बिर्सनु हुँदैन। तीन हिरोईनहरु निशा अधिकारी, सुमिना घिमिरे र पुजना स्त्रीले आफ्नो उपस्थिती नजनाएपछि कलाकार संघको स्टलमा यो बिषयमा आज धेरै बेर चर्चा चल्यो । कार्यसमितिमा रहेका यि तीन चर्चित हिरोईनहरुले एक मिनेट पनि आफ्नो उपस्थिती पाशुपत क्षेत्रमा नदेखाएपछि अध्यक्ष नवल खड्का लगायत अन्य पदाधिकारीहरु उनीहरुसंग रुष्ट भएका हुन् ।

'खबर गरिएका अन्य सेलिब्रेटी नआउनु आफ्नै बाध्यता होला तर कार्यसमितिमा भएका चाहि आउनु पर्थ्यो,' अध्यक्ष नवल खड्काले फिल्मीखबरसमक्ष असन्तुष्ट ब्यक्त गरे । यस्तै कार्यसमितिमै रहेकी अर्की कलाकार सुस्मिता कार्की सहित अन्य केही सदस्यहरुको पनि अनुपस्थितीले संघका पदाधिकारी बीच केही मनमुटावको स्थिती पैदा भईदिएको फिल्मीखबरको अनुमान छ । यध्यपी सिमित कलाकारहरुको उपस्थितीमा आजको कार्यक्रम सफल भएको नवलको दाबी छ ।
 कलाकार संघको ईतिहासमा संघ पहिलो पटक शिवरात्रीको समयमा सेवा मुलक कार्यमा संघ जुटेको हो जसले आरध्यदेव दर्शन  गर्न आएकामा मध्येका करिब १२ सय जनालाई नि:शुल्क रुपमा स्वास्थ्य सेवा प्रदान गर्‍यो । नि:शुल्क रुपमा समस्या अनुसारका औषधी लिने  र बल्डप्रेशर चेककप गर्नेको लहर बिहान ८ बजे देखि बेलुकी ५ बजे सम्म चलेको थियो जहाँ कलाकारहरुसंग अटोग्राफ लिनेहरुको पनि भिड देखिन्थ्यो ।
'जे जस्तो भएपनि समाज सेवा हाम्रो कर्तब्य हो, त्यसकारण पब्लिकसंग प्रत्यक्ष सम्बन्ध गाँस्नका लागि यो कार्यक्रम राखेका थियौ,'  नवलले भने ।