तामाङ भाषाका चलचित्रलाई उपेक्षा गरियो


डिबी मोक्तान, समाजसेवी तथा चलचित्र निर्माता

तपाईलाई राजनीतिज्ञ, व्यवसायी र चलचित्रकर्मी के भनेर चिन्ने ?

म व्यवसाय बाँच्नका लागि गर्छु । राजनीति मेरो पहिल्यैदेखिको चाहाना हो, चलचित्रकर्मी पनि हुँ । तर, म आफूलाई समाजसेवीका रूपमा चिनाउन रुचाउँछु । किनकी राजनीति, व्यवसाय जे गर्दा पनि मेरो पहिलो प्राथमिकता समाजमै केन्द्रित हुन्छ ।

चलचित्र क्षेत्रमा कसरी आकर्षित हुनुभयो ?

आफ्नो जाति, धर्म, संस्कृतिजस्ता विषयमा चलचित्र बनाउने इच्छा लागेकाले यो क्षेत्रमा लागेको हुँ ।

तर, अहिलेका तामाङ चलचित्रहरूमा त आफ्नो कला संस्कृतिका कुराभन्दा पनि मारकाट मात्र बढी हुन्छन् नि ?

हो, तर यसको अर्थ आफ्नो कला संस्कृतिलाई उपेक्षा गरिएको भने होइन । तामाङ चलचित्रलाई पनि अन्य चलचित्र जस्तै व्यवसायिक बनाउन खेजिएको मात्र हो ।

तामाङ चलचित्रले प्रदर्शनका लागि अन्य चलचित्रले जस्तो स्थान पाएको देखिदैन नि ?

यसो हुनुमा हाम्रो भाषाको पनि समस्या छ । एउटै जिल्लाका गाउँमा पनि भाषा फरक–फरक छ । एउटा गाउँको तामाङले बोलेको अर्को तामाङले नबुझ्ने स्थिति छ । अर्को कुरा यसमा राज्यले पनि हामीलाई उपेक्षा गरेको छ ।

रज्यले जनजाति चलचित्रकर्मीहरूको लागि एउटा कोष खडा गरेको छ । त्यसबाट केही सहयोग प्राप्त भएको छ कि छैन ?

सहयोगको त कुरै छाडौं हाम्रो कुरा मात्र पनि सुन्ने काम गर्दैन कोषले । हामीले धेरैपटक कोषमा चाहार्दा पनि कुनै वास्ता गरिएको छैन । जनजाति कोषको रकममा जनजातिका बाहुनहरूले दाईं गरिरहेका छन् ।
त्यसो भए तिनीहरूलाई कारवाही गर्न कदम चाल्नुप¥यो नि त तपाईहरूले ।
कसरी चाल्ने, कुन निकायमा जाने र हाम्रो कुरा कसले सुन्ने । उनीहरूलाई कारवाही गर्न आवाज उठाउँदा उल्टो हामै्र आवाज बन्द गरिदिने अवस्था छ ।

यसको कारण के हेला त ?

सबै दोष अरूलाई थोपरेर मात्र पनि हुँदैन । हामीमा पनि केही कमजोरी होला । अधिकार मागेर मात्र पाइन्न लिन जान्नुपर्छ । हामीले अधिकार लिन नजानेको पनि हुन सक्छ । अहिले राज्य नै अन्यौलको अवस्थामा रहेकाले पनि होला ।

अन्य भाषाको चलचित्रलाई राज्यले केही हदसम्म भएपनि हेरेको छ तर तामाङ भाषाको चलचित्रलाई खासै वास्ता गरेको पाइन्न नि किन होला ?

हाम्रो देशको जिम्मेवार व्यक्तिहरू नै यसमा बढी दोषी देखिन्छन् । पहिले पनि तामाङ चलचित्रका लागि सहयोग गर्ने मौखिक प्रतिवद्धता धेरै आए । तर, व्यवहारमा त्यसको ठिक उल्टो काम भयो ।

अन्त्यमा....

सबै जाति धर्म संस्कृतिका चलचित्रलाई राज्यले समान व्यवहार गरोस् ।