अर्को डिभोर्स





बलिउडतिर डिभोर्सको समाचार सामान्य भएको धेरै भयो। नेपाली चलचित्र क्षेत्रमा पनि अचेल डिभोर्सले सामान्य रूप लिन थालेको  छ। यहाँ केही महिनाको अन्तरालमा कुनै न कुनै कलाकारको वैवाहिक जीवन टुंगिएको प्रसंग समाचार बनिरहन्छ। यतिबेला नायिका प्रियंका  कार्कीको डिभोर्सको चर्चाले चलचित्र क्षेत्र तातेको छ। रमाइलो कुरा त के छ भने एक वर्षअघि गरिएको डिभोर्सका सम्बन्धमा प्रियंकाले अहिले  आएर खुलासा गरेकी हुन्। एक वर्षपछि प्रियंकाले तिनै रोचकसंग डिभोर्स भैसकेको रहस्य सार्वजनिक गरेकी हुन्। गत वर्ष निर्माण भएका दुई  चलचित्र 'मेरो बेष्ट फ्रेण्ड' तथा 'थ्रि लभर्स' को छायांकन लगत्तै श्रीमान्संग डिभोर्स गरेको प्रियंकाले उल्लेख गरेकी छिन्। उनले एक वर्षअघि  नै रोचकसँग कागजी प्रक्रिया सम्पन्न गरेर आधिकारिक रूपमै डिभोर्स गरेको बताएकी छिन्। अघिल्लो बुधबार आफ्नो जन्मदिन मनाउने  क्रममा प्रियंकाले डिभोर्स भएको रहस्योदघाटन गरेकी हुन्। प्रियंकाले  करिब ३ वर्षअघि रोचकसँग प्रेम विवाह गरेकी थिइन्।