बलिउड नायक साहरुख खान बारम्बार नायिकाको कारणले संचारमाध्यमा
छाइरहेका छन् । नायिका प्रियंकाचोपडा र साहरुख बिचको सम्बन्धले मिडियामा
लामै समय चर्चा पायो । तर अहिले नायिका चोपडा र साहरुखको दुरी टाढा भएको
बताइएको छ ।प्रियंका टाढिएपछि
नायिका दीपिका पादुकोण साहरुखसँग नजिकिएको बताइएको छ । दीपिका साहरुख
खानकै कारणले बलिउडको पहिलो नायिका भएकी छिन् जसको नाम सिनेमाको पर्दामा
नायकको भन्दा अगाडी आउनेछ । दीपिकाले यसबारेमा प्रतिक्रिया दिदै भनेकी
छिन्, ‘तत्कालका लागि यो सामान्य कुरा हुनसक्छ तर यसले दुरगामी असर पार्दछ
।’
दीपिकालाई साहरुखले ‘ओम शान्ती ओम’ मार्फत बलिउडमा भित्राएका हुन् ।
अहिले यि दुई चलचित्र ‘चेन्नाई एक्सप्रेस’ मा काम गरिरहेका छन् । यस्तै
नायिका पादुकोणले साहरुसँग आफ्नो सम्बन्ध चिसिएको खबरलाई समेत नकारेकी छिन्
। साहरुखसँग आफ्नो सम्बन्ध नबिगि्रएको उनको भनाई छ ।