छड्के’ इन, हिन्दी आउट
काठमाण्डौका सम्पुर्ण मल्टिप्लेक्स हलमा ‘छड्केे’ले एकछत्र राज गरेको छ । निर्माता तथा वितरक प्रदिप उदयले राम्रो सिनेमा आयो भने चलचित्र हलहरुले हिन्दीलाई प्राथमिकता दिदैनन् भन्ने उदाहरण ‘छड्के’ले प्रस्तुत गरेको बताए ।
माधव वाग्ले र नरेन्द्र महर्जनले निर्माण गरेको यो सिनेमामा सौगात मल्ल, दयाहाङ राई, नम्रता श्रेष्ठ, अर्पण थापा लगायतका कलाकारको अभिनय छ । पि्रन्सेस मुभिज र रस ताण्डवको व्यानरमा तयार भएको ‘छड्के’लाई निगम श्रेष्ठले निर्देशन गरेका हुन् ।
देशभक्तिले भरिएको ‘रिदम’
यसभन्दा अघि सांगीतिक लभस्टोरीका धारका सिनेमा निर्देशन गरेका निर्देशक बिकास आचार्यले यसपटक भने देशभक्तिले भरिएको सिनेमा निर्माण गरेका छन् । जिवन लुइटेल, स्वेता भट्टराई, विल्सन विक्रम राई लगायतका कलाकारले अभिनय गरेको चलचित्र ‘रिदम’ ले राष्ट्रियता बोलेको निर्माणपक्षको भनाई छ । आचार्यले भने, ‘देशका लागि लड्नेहरु २ पांग्रेमा परे, देशलाई लुट्नेहरु चार पांग्रेमा चढे ।’ प्रदिप दाहालको निर्माणमा तयार भएको यो सिनेमा फागुन २५ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउदैछ ।
चलचित्रमा बसन्त सापकोटाको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, शम्भु सापकोटाको छायांकन छ । बिकासले यसअघि ‘नाइ नभन्नु ल’ र ‘म तिम्रो भैसके’ निर्माण गरेका थिए ।
Subscribe to:
Posts (Atom)