‘प्राणभन्दा प्यारो' डबिङमा

पञ्चपरमेश्वर मुभिजको व्यानरमा निर्मित चलचित्र ‘प्राणभन्दा प्यारो’को अहिले धमाधम डबिङ कार्य भइरहेको छ । कमलकृष्ण पौडेलको निर्माण तथा निर्देशनमा बनेको सो चलचित्रको नेपालमा मुकेश हुमागाई र मलेसियामा मुजिम उदिमले छायांकन गरेका छन् भने चन्द्र पन्तको द्वन्द्व निर्देशन, अमर खड्काको नृत्य निर्देशन र राजेश शाहको सम्पादन रहेको छ । चलचित्रमा बासु पुडासैनी, अनामिका चौलागाई, कमलकृष्ण, विष्णु सापकोटा, सन्दिप बगाले, गणेश बगाले लगायतका कलाकारको अभिनय रहेको छ ।