साधारणसभा सारियो




अविश्वासको प्रस्तावबाट कुर्सी गुम्ने  छनक देखिएपछि निर्माता संघको चुनावी साधारण सभालाई  दुई महिना वर सार्न राजकुमार राई बाध्य भएका छन् । 
 
आज बसेको निर्माता संघको कार्यसमिति बैठकले श्रावण पहिलो हप्ता गर्ने भनिएको चुनावी साधारण सभा आउदो बैशाख २१ गते गर्ने निर्णय गरेपछि अविश्वासको प्रस्ताव ल्याउने तयारीमा रहेका निर्माताहरुले आफ्नो जित भएको बताएका छन् । निर्वतमान अध्यक्ष अशोक शर्माको तीब्र लबिङले राजकुमारलाई विभिन्न आरोप लगाउने तयारीका साथ अविश्वासको प्रस्तावमा हस्ताक्षर अभियान सुरु गरेको थियो  जसमा १७ जना निर्माताहरुले हस्ताक्षर गरिसकेका थिए । 
 
विधान विपरित निर्धारित समय भन्दा ढिलो सधारणसभा डाक्नु एक कारण बनाईए पनि भवन निर्माण शिर्षकमा उठाईएको रकम हिनामिना भएको आरोपका कारण राजकुमारको कुर्सीलाई अन्तिम समयममा हल्लाउने डिजाईन अशोकले बनाएका थिए जसमा प्रत्यक्ष संग्लनता नीलहरी काफ्लेको थियो । भवन निर्माणका शिर्षकमा उठेको १४ लाख रकम अशोकको पालमा जम्मा गरिएको थियो जुन रकम अन्य शिर्षककमा खर्च गरिदा अशोक रिसाएको गोवन सर्प जस्तो भएपछि अविश्वसको प्रस्ताव ल्याउने तयारी  सुरु गरिएको थियो ।
 
 
यता नीलहरी काफ्ले चाहि राईको विरुद्ध उत्रिनुको प्रमुख कारण चाहि अध्यक्ष बनाउने प्रमुख योजनाकारका साथै आफ्ना राईट ह्याण्डलाई चलचित्र बिकास बोर्डमा भ्रष्टचारको मुद्धा पर्दा दिएका आलोचनात्मक  प्रतिक्रियाहरु हुन् जसले गर्दा राजकुमार र नीलहरीको ३६को आकडाको सम्बन्ध बन्दा यो अवस्था  सृजना भएको थियो । निर्वतमान अध्यक्ष अशोक शर्मा, सल्लाहकार नारायण पुरी तथा रमेशजंग रायमाझी समेतको उपस्थितीमा बसेको आजको कार्यसमितिको बैठकले भवन निर्माण शिर्षकमा उठेको रकम अन्य शिर्षकमा चलाईएको लाई समेत तुरुन्त पुरा गर्ने मौखिक सहमति गरिएको  बुझिएको छ ।