चलचित्रकर्मीहरुबीच एकता होस्


राजेन्द्र श्रेष्ठ, अध्यक्ष– पिपुल्स प्लाजा प्रा.लि.



नेपाली चलचित्र कत्तिको हेर्नुहुन्छ  ?
फुर्सद मिलाएर कहिलेकाँही हेर्छु ।
तपाईले हेरेको पहिलो र अन्तिम नेपाली चलचित्र कुन–कुन हुन् ?
चलचित्र बेला बेलामा हेर्छु । तर, नाम भने याद छैन ।
नेपाली चलचित्रकर्मी क–कसलाई चिन्नुहुन्छ ?
चिन्छु । प्राय धेरैलाई चिन्छु ।
कस्तो लाग्छ त नेपाली चलचित्र ?
ठिकै लाग्छ । तर, पछिल्लो समयमा नेपाली चलचित्रमा विकृति भित्रिएको हो कि जस्तो लाग्छ ।
कसरी ?
अहिले नेपाली चलचित्र अली छाडा भएको छ । आफ्ना परिवारसँग बसेर हेर्ने खालका चलचित्र बन्न छाडिसकेका छन् ।
नेपाली चलचित्र क्षेत्रको विकासका लागि के गर्नुपर्ला ?
सर्वप्रथम त हामी नेपाली हौं भन्ने बिर्सनु भएन । हाम्रो आफ्नै संस्कृति, रितिरिवाज छ । त्यसलाई विर्सनु भएन र सम्पूर्ण चलचित्रकर्मी एकजुट भएर चलचित्र क्षेत्रको विकासमा लाग्नुपर्दछ ।
तपाईलाई चलचित्रमा लगानी गर्ने भएन ?
इच्छा भएर मात्र हुदैन । आफूले लगानी गर्ने क्षेत्रको विषयमा पनि ज्ञान हुनुप¥यो । जुन दिन मलई यस विषयमा ज्ञान हासिल हुन्छ त्यसपछि अवश्य लगानी गर्नेछु ।
अन्त्यमा.....
चलचित्रकर्मीहरुबीच एकता होस् भन्नेमा जोड दिन्छु । किनकी सबै चलचित्रकर्मी एक भए भने यो क्षेत्रको विकासमा कुनै बाधा आउने छैन र आम नेपाली दर्शक पनि राम्रो चलचित्रको भोको रहेकोले सबै कर्मीहरुलाई राम्रा चलचित्र निमार्ण गर्ने उत्सुकता जागोस् भन्ने कामना गर्दछु ।