सलमान र रणबीरसँग सन्नीको चाहना



 
 क्यानेडेली मूलकी भारतीय कलाकार सन्नी लियोनले सलमान खान र रणबीर कपुरसाग फिल्म खेल्ने चाहेको खुलासा गरेकी छन् । मुम्बईमा सुट आउट एट बाडलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पत्रकारको जिज्ञासा मेटाउँदै आफू सलमान र रणबीरसाग अनस्क्रिन रोमान्स गर्न चाहेको बताएकी हुन् ।
दुई बर्ष अघि भारत छिरेकी उनले जिस्ट २ र रागिनी एमएमएस २ मा अभिनय गरेकी छिन् । पछिल्लो चलचित्र सुट आउट एट बाडालाको एक गितमा उनले नृत्य गरेकी छिन् । उनी सन् २००१ मा बिग बोस नाटक टेलिभिजन शोमार्फत् बलिउड नगरी छिरेकी हुन् ।
'मलाई सलमानले अभिनय गरेको बडीगार्ड मन पर्‍यो', उनले भनेकी छन्,'सलमान र रणबीर दुवैसाग रोमान्स गर्न चाहन्छु ।'