‘प्रोड्युसर’ को प्रोमो र पोष्टर सार्वजनिक

सिनेमा नगरीमा पैसा लगानी गर्ने निर्माता अर्थात प्रोड्युसरको अवस्था कस्तो होला, कसरी सिनेमामा निर्माताले पैसा लगानी गरिरहेका छन्, यिनै बिषयमा केन्दि्रत चलचित्र ‘प्रोड्युसर’ ले आफ्नो प्रचारप्रसार थालेको छ ।काठमाण्डौमा एक पत्रकार सम्मेलनको आयोजना गरि चलचित्रको प्रोमो तथा पोष्टर सार्वजनिक गरिएको छ । जनकदीप पराजुलीले निर्देशन गरेको यो सिनेमालाई राजकुमार राई र
केशव अधिकारीले निर्माण गरेका हुन् । आर.सी पिक्चर्स र द मिडियाज कलेक्शनको संयुक्त लगानीमा तयार भएको सिनेमा भित्र बाबु बोगटी, श्याम अर्याल, विल्सन विक्रम राई, श्वेता भट्टराई, श्याम राइका साथमा नव नायिका पायल रायमाझीको अभिनय छ ।तर चलचित्रको पत्रकार सम्मेलनका कलाकार श्याम अर्याल र श्याम राई मात्र उपस्थित थिए । प्रज्वललित पराजुलीको सम्पादन, सागर प्रधानको छायांकन, किरण माइकलको लेखन, रोशन श्रेष्ठको द्वन्द्व, राहुल प्रधान, सुरेश राई, किरण माइकलको संगीत रहेको यो चलचित्र नयाँ बर्षमा प्रदर्शनमा आउने बताइएको छ ।