
त्यस्तै कार्यक्रममा सहभागी भएका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले पनि नायक कार्कीलाई सफलताको शुभकामना दिएका थिए । चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले नायक कार्कीको साहषलाई तारिफ गर्नु पर्ने बताए । त्यस्तै डि.सि.एन. प्रमुख अशोक शर्माले नायक कार्कीको स्वास्थ्य स्वस्थ रहोस् भनी कामना गरे । कलाकार संघका नि.वर्तमान अध्यक्ष रमेश बुढाथोकी, चलचित्र संघका महासचिव प्रदीप उदय, कलाकार कृष्ण मल्ल लगायतले अर्जुन कार्कीलाई सफल यात्राको लागी शुभकामना दिएका थिए ।
बाल शोषण महिला हिंसा यौन दुराचारले, कलंकीत भो मानव जाती रोकौ सद्व्याबहारले’ भन्ने नारा लिएर सगरमाथाको यात्रा गर्न लागेका नायक कार्कीले यो आरोहण सम्पूर्ण पिडित बालबालिका, महिला र कलाकारहरुको प्रधिनित्व रहेको भनाई राखे । कलाकार संघ सहित नेपालको झन्डा र पशुपतीनाथको जल लिएर सगरमाथा आरोहण गर्न लागेका अर्जनले काठमाडौदेखी सगरमाथा सम्म पैदल यात्रा गर्नेछन् । उनले सगरमाथा आरोहणको खर्च ४५ लाखसम्म रहन सक्ने दाबी गरेका छन् ।
त्यस्तै मावन तस्करीको आरोपमा भारतमा पक्राउ परेका नेपाली कलाकार राज हमाललाई नेपालको सुपरस्टार भन्दै केही भारतीय मिडियाले समाचार सम्प्रेषण गरेकोप्रती नेपाल कलाकार संघले आपत्ती जनाएको छ । आज नायका अर्जुन कार्कीलाई कलाकार संघको झन्डा हस्तान्तरण गर्न आयोजना गरिएको कार्यक्रममा संघले राज नेपाली सिनेमा उद्योगको सुपरस्टार नभएको भन्दै आपत्ती प्रकट गरेको हो ।