अन्यौलमा बधशाला

 सेनाको अबरोधका कारण मनोज पण्डित निर्देशित बधशाला फिल्म रिलिज नहुने अवस्थामा पुगेको छ । रिलिज हुन तीन दिन बाँकी छँदा सेन्सर प्रक्रियामा नेपाली सेनाको अबरोध प्रत्यक्ष भएपछि फिल्म निर्माण कम्पनी स्याम्सिङ एप्पल अन्योलमा परेको हो ।
यस्तै प्रोमोशनलाई तिब्रता दिएको बधशाला युनिटले सेन्सर अबरोधको बिषयमा परेको समस्यालाई भोलि आकस्मिक प्रेसमिट गरी सार्वजनिक गर्ने पनि भएको छ । यता चलचित्र निर्देशक समाजले निर्देशकको अभिब्यक्तिलाई स्वतन्त्र माध्यम भन्दै रक्षा र सञ्चार मन्त्रालयबाट भएको बधशाला सेन्सर अबरोध प्रति आपत्ती जनाएको छ । आज बसेको निर्देशक समाजको बैठकले एक विज्ञप्ती जारी गरी बधशाला यूनिटमाथि भएको अन्याय पूर्ण कदम तुरून्त सच्याउन माग गरेको छ ।
स्वतन्त्र रुपमा समाजमा घटेका घटनाहरूलाई फिल्मको माध्यमबाट समाजलाई  सु–सुचित गराउन पाउनु निर्देशकको अधिकार भएको भन्दै समाजले नेपालको संविधान प्रद्धत  स्वतन्त्र अभिब्यक्तिको सम्मान गर्दै बधशाला यूनिटमाथिको अन्याय सच्याउन माग गरेको हो ।