निर्देशक समाज र निर्माता संघमा अविश्वासको प्रस्ताव


नेतृत्वकर्ताको कामकारबाही प्रति असन्तुष्टी जनाउदै प्रमुख दुई संस्थामा यो हप्ता अविश्वासको प्रस्ताव दर्ता गरिने कसरत सुरु गरिएको छ । श्रोत अनुसार निर्देशक समाज र निर्माता संघको कार्यसमिति परिर्वतन गर्ने उद्देश्यका साथ आउदो मंगलबार भित्र अविश्वासको प्रस्ताव दर्ता गरिन लागिएको हो ।
 
निर्देशक समाजमा २१ जना निर्देशकहरुले विमल  पौडेलको नेतृत्वबाट असन्तुष्ट जनाउदै हस्ताक्षर अभियान सुरु गरेका छन् । यस्तै  एक्सक्लुसिभ रुपमा निर्माता संघमा दर्ता गरिन लागिएको अविश्वासपत्रको लिखित ब्यहोरा फिल्मीखबरको कार्यालयमा आईपुगेको छ । श्रोत अनुसार निर्माता संघमा हालको कार्यसमितिमा रहेका दुई सदस्य पनि अविश्वासको पत्र दर्ता गराउने पक्षमा छन् । 
 
श्रोत भन्छ, 'पहिले नैतिक पक्षलाई हेरी दुई जनाको राजिनामा आउछ अनि अविश्वासको प्रस्ताव दर्ता गरिन्छ ।' निर्माता संघको अविश्वासको प्रस्तावमा अध्यक्ष राजकुमार राईलाई विभिन्न आरोप लगाउने प्रयास गरिएको छ जसमा उनले संघको भवन निर्माणको लागि उठाईएको रकम  समेत हिनामिना गरेको गम्भीर आरोप छ । 
 
निर्माता संघमा दर्ता गरिन लागिएको अविश्वासको पत्रको ब्यहोरा यस्तो छ । 
 
मितिः २०६९।१०।२२
श्री नेपाल चलचित्र निर्माता सङ्घ
बाल मन्दिर चोक, नक्साल ।
विषयः अविश्वासको प्रस्ताव ।
 
उपरोक्त विषयमा नेपाली चलचित्र उद्योगको संरक्षण एवं सम्बद्र्धन गर्ने मुल उद्धेश्य बोकेको हाम्रो सङ्गठन नेपाल चलचित्र निर्माता सङ्घका वर्तमान अध्यक्ष राजकुमार राईले सङ्घको विगतको नेतृत्वले ठुलो संघर्ष पश्चात बनाएको चलचित्र प्रदर्शनको पालो प्रणालीलाई केही समयसम्म पँहुचवालाहरुको वाहुल्यता रहने र आजको मितिले धेरैमा ३ (तीन) महिनामा समाप्त गर्ने घातक कार्य गरि निर्माताहरुको पेशागत हकहित माथी कुठाराघात गरेको (२.)
 
 सबै सदस्यसँग भवन निर्माण शिर्षकमा उठाएको रकमबाट बनेको भवन निर्माण कोषबाट अन्य र बेतुकी काममा मनोमानी खर्च गराई भवन निर्माण शिर्षकमा पैशा तिर्ने सबै सदस्यहरुलाई धोखा दिंदै भष्ट्राचारजन्य काम गरेको (३.) लोकतान्त्रिकपद्धतीको मुल आधार आवधिक निर्वाचनलाई लत्याएर स्वेच्छाचारी र अलोकतान्त्रिक चरित्रको विकास गर्दै निरन्तर पदमा बस्ने कुर्सी मोह देखाएको । 
 
यसै सन्दर्भमा २०६९।११।२१ मापदावधी समाप्त हुने कार्यसमितिका धेरै सदस्यले भन्दा भन्दै (चाँहदा चाँहदै) पनि आफ्नो निर्माता संघको विधान २०५५ को धारा २२(छ) बमोजिमको कर्तव्य निर्वाह गर्न नदिएको चलचित्रकर्मी साथीहरुको आन्दोलनको भावना विपरित आफ्नो व्यक्तिगत अभिष्ट पुरा गर्ने माग प्रस्तुत गरि आन्दोलन र चलचित्र क्षेत्रलाई अपमानित गरेको । साथै आन्दोलनमा नउठेका माग “संघ सँस्थाको सल्लाह र सिफारिसमा नियुक्त गर्ने बुँदा राखि सम्झौतामा हस्ताक्षर गरेर आन्दोलनलाई पदलोलुप जस्तो घृणित विशेषण दिलाएर बदनाम गराउनु भएको र वँहा आफैंले २०६४ सालमा सिण्डिकेट प्रणालीको अन्त्यको लागि सर्वोच्च अदालतमा रिट दायर गरि सिण्डिकेटको अन्त्य गराएको र हाल पुनः सिण्डिकेट लागु गराउने चाहना राखि अवशर परस्त, दोधारे र प्रतिगामी चरित्र प्रदर्शन गराई नेपाल चलचित्र निर्माता संघको बदनाम गराएको ।
 
 (४) नेपालका अन्य राष्ट्र भाषामा निर्मित चलचित्रका निर्मातालाई नेपालको चलचित्रकर्मी होइन र धर्मेन्द्र मोरवैतालाई अध्यक्ष नियुक्ति पश्चात चलचित्र विकास बोर्डमा छिर्न नदिने अवैधानिक र अमानवीय अभिव्यक्ति दिएर अलोकतान्त्रिक चरित्रले प्रभावित बनाई कार्यसमितिलाई नेपाल चलचित्र ।
 
(५) जीवन आहुतिका संकल्प गरेर आन्दोलनमा उत्रिएका सामुदायीक दङ्गा भड्काएर मुलुकका अन्य समुदाय माझ नेपाली भाषाको चलचित्रलाई बहिस्कृत र अलोकप्रिय बनाउन अग्रसर रहेको, जस्ता घातक, अलोकतान्त्रिक र निर्माता तथा ने पाली चलचित्र क्षेत्रको हित विपरित कार्य गर्नु भएकोले नीज अध्यक्ष सोही पदमा रहिरहनु नेपाल चलचित्र निर्माता संघको लागि अत्यन्त प्रत्युत्पादक हुने ठहर गरि नेपाल चलचित्र निर्माता संघको विधान २०५५ को धारा ३२ अनुसार आजका मितिमा कायमधानिक सदस्यहरु मध्ये तल हस्ताक्षर गरेका सदस्यहरुले अध्यक्ष राजकुमार राई विरुद्ध यो अविश्वासको प्रस्ताव पेश गरेका छौं ।
 
वोधार्थः
श्री जिल्ला प्रशासन कार्यालय,
बबरमहल, काठमाण्डौ ।
क्र सदस्य कम्पनी
.स.नविकृत वै प्रतिनिधको नाम
हस्ताक्षर