लुईटेल आईसियुमा



स्टोनको अप्रेशन पश्चात संचिता लुईटेललाई आईसियुमा भर्ना गर्नु परेको छ । बिहान गरिएको अप्रेशन पश्चात उनी करिब ३ घण्टा आईसियुमा भर्ना भएकी थिईन् ।
शरिर कमजोर भएपछि उनलाई नर्भिक हस्पिटलका डक्टरले आईसियुमा अकस्मात भर्ना गर्दा परिवारका सदस्य विचलित भएका थिए । यध्यपी अहिले संचिताको अवस्था सामान्य रहेको संचिताकी बहिनी शिवानीले जानकारी गराएकी छिन् । 'बिहान ११ बजेको समयमा सुरु भएको अप्रेसन सकिए लगत्तै दिज्यूलाई आईसियुमा भर्ना गरियो र तीन बजे मात्र आईसियूबाट निकालियो । अहिले दिज्यूको हेल्थको कन्डिसन राम्रो छ,' सिवानीले अपडेट गराएकी छिन् । तर संचिता रातिको नौ बजे सम्म बोल्न सक्ने अवस्थामा भने पुगी सकेकी छैनन् ।
दुई सन्तानकी आमा संचितालाई गत मंगलबार अकस्मात पेटमा समस्या आएपछि स्टोन रहेको पुष्टी भएको थियो जसको ल्याप्रोसकपिक पद्धतीबाट सवै स्टोन निकालिएको छ । 'स्टोनहरु मसिनो थियो तर पुरै फिगर कति थियो त्यो हामीलाई पनि रिपोर्ट दिईएको छैन,' शिवानीले बताएकी छिन् । संचिताको अप्रेशन डक्टर राजेन्द्र रेग्मीले गरेका थिए  ।