चैत्र २३ बाट 'किसान'





तीन दिग्गज चलचित्रकर्मी बसन्त श्रेष्ठ, सञ्जिव प्रधान र बिमल पौडेलको संयुक्त लगानीमा निर्माण भएको चलचित्र ‘किसान’ यही चैत्र २३ गतेबाट नेपालभरि प्रर्दशन हुने भएको छ । निर्देशक बिमल पौडेलको आफ्नै लेखन रहेको सो चलचित्रले नेपालका सम्पूर्ण किसानहरुको प्रतिनिधित्व गरेको र देशमा साँच्चिकै कृषि क्रान्ति ल्याउने
निर्देशक पौडेलको दावी छ ।
देशलाई कृषिले धानेकोले आफूहरुले किसनहरुलाई घच्घच्याउन यस चलचित्र निर्माण गरेकोे निर्देशक पौडेलले बताए । चलचित्रमा राजेश हमाल, रमेश बुढाथोकी, निर शाह, मैसमी मल्ल, गणेश उपे्रती, नन्दिता केसी, नीता ढुंगाना, राहुल केसी, चेतन सापकोटा, राजेश ढुंगाना र निर्देशक पौडेल स्वयम्ले पनि अभिनय गरेका छन् ।
राजु केसीको छायांकन, चेतन सपकोटाको संगीत, रोशन श्रेष्ठको द्वन्द्व रहेको चलचित्र किसानले अहिलेको चलचित्र क्षेत्रमा देखिएको मन्दी व्यापारलाई एक सिंढी माथि उठाउने निर्माता निर्देशकको दावी छ ।